पठान सफल हुँदा आमिर खान विस्थापित !


मुम्बई, २० माघ । फिल्म ‘पठान’को सफलता अभिनेता शाहरुख खानका लागि पुनः एकपटक बलिउडमा आफूलाई स्थापित गराउने माध्यम बनेको छ ।

फिल्मले विश्वव्यापी रुपमा ६५० करोड बढीको व्यापार गरिसकेको छ । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले दर्शकमाझ ‘मास हिस्टेरिया’नै सिर्जना गरेको छ ।

यो फिल्मको सफलताको पछाडि फिल्मसँग जोडिएको विवाद पनि प्रमुख बन्यो । खासगरी अभिनेत्री दीपिका पादुकोणले फिल्मको ‘बेसर्म रंग’ गीतमा सुन्तला रंगको बिकिनी लगाएपछि गीत विवादमा पनि तानिएको थियो ।

फिल्म ‘पठान’ सफल भएपछि विशेषता व्यावसायिक हिसाबमा यसको असर आमिर खानलाई परेको बलिउडमा चर्चा छ । फोनपे नामका फोन पेयमेन्ट एपको सद्भावदुत रहेका आमिरको स्थानमा अहिले कम्पनीले शाहरुखलाई अनुबन्ध गरेको छ ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ बक्सअफिसमा असफल भएपछि उनले कुनै पनि व्यावसायिक प्रवद्र्धनमा अनुबन्धित हुने मुड बनाएका छैनन् । सोहीकारण फोपेले आमिरको स्थानमा शाहरुखलाई प्रस्ताव गरेको छ । शाहरुख यसअघि हुन्डाई, एलजी र थम्ब्स अप जस्ता ब्राण्डका सद्भाव दुत हुन् ।

शाहरुखको लोकप्रियता यतिमा मात्र सीमित छैन । ‘पठान’को सफलतापछि हिन्दी र साउथ फिल्मका निर्माताले उनलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन स्क्रिप्ट बोकेरै शाहरुखलाई भेट्न थालेका छन् ।

‘डन’ र ‘पठान’ जस्ता फिल्ममा आफ्नो धमाकेदार एक्सन देखाएका शाहरुखलाई यशराज फिल्मस्ले ‘डन ४’ मा त्यस्तै अवतारमा देखाउन तयारी गरिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope