राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द

हेमन्त केसी
सुर्खेत, २० माघ । रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ । कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो ।
जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ । उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए ।
दैनिक सेवा लिन सर्वसाधारणहरु आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए । अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्कीएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस