दुई दिनमै सिके इको प्यानल जडान गर्न, सिकेसँंगै रोजगारी
न्युज कारखाना
भक्तपुर, २२ माघ नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ ।
दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन् । इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाउने भएका छन् ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरुको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे । तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए । देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए ।
आज स्वरोजगार भएका व्यक्तिहरु भोलिका दिनमा उद्यमशिल हुनसक्ने पनि उनले जनाए । भोलिका दिनमा इको प्यानलको विक्रीवितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए । सहभागीहरुलाई एक कार्यक्रमवीच प्रमाणपत्रसमेत प्रदान गरिएको छ । तालिममा काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट तालिम लिन आएका थिए । महिला पाँंच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भबलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस