पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण 


हेमन्त केसी/न्युज कारखाना

सुर्खेत, २१ माघ

२१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ । ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन् । 

 कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ। अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ। 
 ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व  छ।  प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसी प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो। पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको  प्रदेश सभा  अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो । 

५ वटा दलहरूले प्रतिनिधित्व गर्छन्। २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ। यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए।

 कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङ, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी रहेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope