लमजुङ दुर्घटनामा राइनास नगरप्रमुखसहित ४ जना घाइते
न्युज कारखाना
लमजुङ २१ माघ
लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन् ।
काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा शुक्रबार राति सवा ८ बजेतिर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर नगरप्रमुख खड्गबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, नगरपालिका प्रमुख गुरुङका स्वकीय सचिव बालसिंह गुरुङ र चालक जीवन ओलिया घाइते भएका छन् ।
नगरपालिका उपप्रमुख पुष्पराज खनालका अनुसार दुर्घटनापछि ४ जनालाई उद्धार गरेर राति नै काठमाडौं ट्रमा सेन्टरमा लगिएको थियो । सामान्य उपचारपछि सबै अस्पतालबाट फिर्ता भएको उनले बताए ।
नगरपालिकाको कामका लागि काठमाडौं गएको नगरप्रमुखसहितको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस