सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री प्रदान
न्युज कारखाना
लमजुङ २१ माघ
डिभिजन वन कार्यालय लमजुङले जिल्लास्थित सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका उपयोगी समाग्रि प्रदान गरेको छ ।
डढेलो नियन्त्रणका लागि पूर्वतयारी थालेको कार्यालयले जिल्लामा वन डढेलेका घटना हुन नदिन तथा घटना भैहालेमा अपनाउनुपर्ने सावधानिको लागि जिल्ला स्थित चण्डी प्रसाद गण उदिपुर व्यारेक, सशस्त्र प्रहरी बल आश्रीत गुल्म र जिल्ला प्रहरी कार्यालय लमजुङलाई अग्नि नियन्त्रणमा प्रयोग हुने आधारभूत समग्री प्रदान गरेको छ ।
वन डढेलो नियन्त्रण योजना कार्यान्वयन तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अग्नि नियन्त्रणमा प्रयोग हुने विभिन्न १७ प्रकारका सामाग्रि प्रदान गरिएको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले वताए ।
वनमा डढेलो लागि हालेमा सोको नियन्त्रणका लागि उपलव्ध समाग्रि उपयोगी हुने डिभिजन वन अधिकृत सुवेदीले बताए ।
सुवेदीका अनुसार प्रत्येकलाई ६१ हजार ५ सय ७४ रुपैया वरावरको सामग्री उपलव्ध गराइएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस