माघ २७ मा राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने


न्युज कारखाना

काठमाडौं, २३ माघ

संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद‍्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् । 
उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्‌का दुवै सदनका सांसदहरुलाई २:४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन उनको आग्रह छ । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope