ओपडीमा आएका बिरामीलाई इर्मजेन्सीको टिकट दिएर उपचार


काठमाडौं, २९ माघ । काठमाडौं उपत्यकाका अधिकांस अस्पतालले उपचारका लागि आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार गराईरहेका छन् । 

 

महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रले भने बिरामीलाई ओपडी सेवा पनि उपलब्ध गराएर उपचार गराईरहेको छ भने शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, वीर अस्पताललगायतले उपचारका लागि आएका अस्पताल आएका ओपीडी र नियमित फलोअपका  बिरामीलाई इमर्जेन्सीका टिकट दिएर उपचार गराईरहेका छन ।

 

नेपाल चिकित्सक संघले ट्रमा सेन्टरका एक अस्पतालका डाक्टरलाई हातपात गरेको बिरोधमा  देशैभरी अस्पताल ठप्प पार्ने घोषणा गरे पनि उपत्यकाका अधिकांस अस्पतालले ओपडी सेवा लिन आएका बिरामीलाई इमर्जेन्सीको टिकट काटेर उपचार गराईरहेका छन ।  

 

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा. दिनेश काफ्लेका अनुसार ओपीडी आउने नयाँ र पुराना बिरामी लाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ । उनका अनुसार फ्लोअपमा आउने रामीहरुलाई नियमित रुपमा सेवा दिइरहेको छ । 

परोपकार प्रसुति गृहका निर्देशक डा. पवनजंग रायमाझी भन्छन, ‘गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिदैंन्, ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार अस्पतालले आएका उपचारका लागि आएका बिरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ । ‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं । ओपीडी सेवा बन्द छ तर इमर्जेन्सीको टिकट लिएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope