पशु पालनबाट मासिक दुई लाख आम्दानी गदै भवानी सापकोटा


इन्दीप कोइराला
बारा, १ फागुन । बाराकाे निजगढ नगरपालिका–५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन् ।

 
सापकोटाले पाँच भैँसीबाट सुरू गरेको बकैया ठाकुर पशु फर्म व्यवसाय अहिले करिब ६५ वटा भैँसी र २२ वटा पाडापाडीले भरिभराउ छ । भैँसीमा पालनमा रमाएकी सापकोटा परिवारले २०७५ सालबाट मात्रै भैँसी पालन सुरु गरेकी थिइन् ।  उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । उनले  भैँसी, खसी, कुखुरा पनि पाल्दै आएकी छिन् । अहिले सापकोटा परिवारलाई खसीबोका तथा कुखुरा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर फार्ममै पुग्ने गरेको उनी बताउँछिन् । हाल ६० वटा खसी तथा बाख्रा र एक सय ५० भन्दा बढी कुखुरा समेत पालन गरेकी सापकोटा भन्छिन्, 'निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको छ ।' 

२०७५ सालमा पहिले पटक मधेश प्रदेशबाट ४ लाख युवा लक्षित कार्यक्रमबाट पाइएको भए पनि त्यसपछि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सापकोटाको भनाइ छ । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने सापकोटालाई त्यसयता राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छिन् ।

'राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्याे । तर कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ ।  हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन,' उनले भनिन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी ।  तर वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग नमिलेकोमा उनी गुनासो गर्छन्  । 

दुहुना भैँसीबाट दैनिक ३०० लिटर दूध बिक्रीहुदाँ मासिक दुई देखी दुई लाख ५० हजार सम्म आम्दानी हुने उनको भनाई छ । यस बाहेक खसी कुखुराबाट वार्षिक ७ लाख आम्दानी गर्दै आएको उनले बताइन् । 

भैंसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको विक्रिबाट ब्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । सापकोटा परिवारको अवाश्यकता यसबाट नै पूरा हुदै आएको छ । पशु पालन व्यवसाय सुरु गरेको करिब ५ वर्ष वितेको छ । अहिले सापकोटा परिवार पशु पालन ब्यवासयबाट सन्तुष्ट देखिन्छन । 

थोरै लगानीबाट सुरु गरिएको पशुपालन ब्यवसायले सुन्तुष्टि हुने र कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रैका लागि उनी दरिलो उदाहरण बनेकी छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope