अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’मा स्मारिका
काठमाडौँ, २ फागुन । गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको गीतमा एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ।
पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।
मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो । पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।
भिडियाे लिंक : https://youtu.be/3K–9vtbNUE
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस