वीरगञ्जमा अटो पल्टिदा एक शिशुको मृत्यु
न्युज कारखाना
वीरगञ्ज, २ फागुन
वीरगञ्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।
अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजिव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजिव पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडकखण्डमा ना.१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिएको थियो ।
प्रहरीले वीरगञ्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस