आवधिक योजना बनाउँदै साकेला गाउँपालिका


खोटाङ, ३ फागुन । खोटाङको साकेला गाउँपालिकाले पहिलो पञ्च वर्षीय आवधिक योजना बनाउन सुरु गरेको छ । आगामी पाँच वर्षभित्र गाउँपालिकालाई समृद्ध र दिगो विकासमैत्री बनाउने उद्देश्यकासाथ पञ्च वर्षीय आवधिक योजना बनाउन सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमबाट विनियोजित बजेटबाट आवधिक योजना निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिडिएस)को प्राविधिक सहयोगमा निर्माण हुने आवधिक योजनाले गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद्, संस्थागत विकास तथा सुशासन लगायतको क्षेत्रमा गरिने विकासको आधार तय गर्ने गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

आवधिक योजना निर्माणका लागि गाउँपालिका अध्यक्ष राई संयोजक तथा उपाध्यक्ष बिर्सिका राई सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको आवधिक योजना निर्माण निर्देशक समिति निर्माण गरिएको छ ।

निर्देशक समितिको सल्लाहकारमा साकेला गाउँपालिकामा जन्मिएर राज्यको विभिन्न तह र तप्कामा पुगेका सांसद, राजनीतिज्ञ, कर्मचारी, व्यवसायी लगायतलाई समेटिएको छ । 

आवधिक योजना बनाउनका लागि विभिन्न पाँच वटा समिति निर्माण गरिएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईको संयोजकत्वमा आर्थिक विकास, साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष गोबिन्द तामाङको संयोजकत्वमा सामाजिक विकास, साकेला गाउँपालिका–२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राईको संयोजकत्वमा पुर्वाधार विकास, साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कट्वालको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका वडाध्यक्ष जीवन खत्रीको संयोजकत्वमा संस्थागत विकास तथा सुशासन समिति गठन गरिएको छ । समितिका सदस्यमा कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विषयविज्ञ नागरिक तथा विषयगत शाखाका कर्मचारीलाई समेटिएको छ । 

आवधिक योजना निर्माणका लागि मंगलबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण गरिएको छ । आवधिक योजना निर्माणका क्रममा वस्तुस्थिति विश्लेषणका लागि वडास्तरीय छलफल गरिने छ । विद्यालय, टोल सुधार समिति, राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्था र वुद्धिजीविहरुको उपस्थितिमा वडास्तरिय छलफल सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope