एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं, ३ फागुन । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि  ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको थियो । 

सोमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

उक्त आईपीओमा मागभन्दा २१.०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 
 
एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ रेटिङ एजेन्सी केयर नेपालले प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope