गोंगबुँ घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


न्युज कारखाना
 
काठमाडौं, ३ फागुन

प्रहरीले आइतबार काठमाडौंको गोंगबुँस्थित नयाँबसपार्क क्षेत्रमा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाडौं प्रहरीले उदयपुर बलमता गापा-२ घर भई काठमाडौं ताराकेश्वर-१० मनमैजु बस्दै आएका विक्रम राई, नुवाकोट पञ्चकन्या गापा-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्दै आएका रामहरि भण्डारी, लमजुङ बेसीसहर-५ घर भई काठमाडौं ताराकेश्वर-१० बस्दै आएका विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला काभ्रेपलाञ्चोकक मानेडाडाँ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्दै आएका राजेश तामाङ, प्युठान कडी गापा-१ घर भई गोंगबुँ बस्दै आएका दीपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु-२ घर भई काठमाडौँको गंगाहल बस्दै आएका आशिष खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत आइतबार माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका व्यवसायीहरूले ट्राफिक कारबाहीको विषयलगायत विभिन्न दसबुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा आन्दोलनकारीले बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गरेका थिए।

यस्तै गाडीभित्र रहेको मोटोरेला बेस सेट, फायर स्ट्रिंगुजर, मेगा फोनलगायतका सामान पनि नष्ट भएका थियो । साथै माज्दा गाडीभित्र रहेको हाइटेरा बस सेट, फायर स्ट्रिंगइजर, मेगा फोन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ती व्यक्तिलाई सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोका आधारमा हुलिया पहिचान गरी खोजतलास गर्दै जाने क्रममा बमोजिम पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट दिन तीन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope