पूर्व बैंकर रविना देशराजले गरिन प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौं, फागुन ३ । पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्।
औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन । प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।
इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, 'मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’
इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । सार्वजनिक फोटोमा रविनाका छोरा–बुहारीले समेत बधाई दिएका छन् ।
मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस