बर्दिबास सरसफाइ तथा खानेपानी संस्थानको निर्वाचनमा ५३ जनाको उम्मेदवारी

विशाल बस्नेत
महोत्तरी, ३ फागुन । महोत्तरीको बर्दिबासमा खानेपानी निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल बढेको छ ।
करिब ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानको निर्वाचनको लागि विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।
यही १४ फागुनमा नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्ष पदको लागि ८ जना, उपाध्यक्षका लागि ४ जना, सचिवका लागि ४ जना, कोषाध्यक्षका लागि ८ जना र सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका हुन् ।
बर्दिबासस्थित विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थपना गरेर निर्वाचनको तयारीमा जुटेका उम्मेदवारहरुले कतिपय प्यानल सहित प्रचारप्रसारमा लागेका छन् भने कतिपय उम्मेदवार एकल प्रचारप्रसारमा जुटेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस