राष्ट्रपतिद्धारा केन्द्रिय आयुर्वेद विद्यापिठ अस्पतालको भवन उदघाटन
दाङ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् ।
नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन ।
हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।
नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस