संसद बैठकमा मन्त्रीको खोजी


काठमाडौं, ३ फागुन । संसद बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरु उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् । 

घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाए । तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दिपक सिंह उपस्थित रहेको बताए । फेरि सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहिताप्रति प्रश्न उठाए । 

साथै बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे स्मरण गराए । मन्त्रीहरु बाहिर भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः मन्त्री आउने बताए । सभामुख घिमिरेको जवाफपछि सांसद श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गराउन मात्र खोजेको बताए । यसपछि बैठक चलिरहेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope