नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन


काठमाडौं, ४ फागुन । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले न्युज कारखानालाई जानकारी दिए । 

उनका अनुसार एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँ नेतृत्वको समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायव उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य रहेका प्रवक्ता पोखरेलले जानकारी दिए । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope