नेप्सेलाई सिभिल बैंकको पत्राचारः सेयर कारोबार १४ फागुनदेखि रोक्न माग

काठमाडौं, ४ फागुन । सिभिल बैंकले सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ ।
बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर काराेबार राेक्न नेप्सेलाई पत्राचार गरेकाे हाे । एकीकृत कारोबारपछि लक्षित गरिएको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो ।
यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुँदै छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस