स्पेनिस ला लिगामा रियल म्याड्रिडकाे सानदार जित


काठमाडाै, ४ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमालले दुई तथा मार्को एसेन्सियो र लुका मोड्रिचले समान एक गोल गरे ।

 

खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिएको थियो । ३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे, उनले पेनाल्टी गोल गरेका थिए । 

 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

 

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे ।

 

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ भने  पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope