६ जना चिकित्सकसहित सांसद चन्द्र भण्डारीलाई भारत लगियो 


काठमाडौं, ४ फागुन । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएपछि बुधबार राति कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचारका लागि सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई लगिएको थियो । 

शरीरको करिब ३० प्रतिशत भाग जलेको भण्डारीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान बर्न सेन्टरले भनेपछि उनलाई बिहीबार भारत लगिएको हो । तर, ७० प्रतिशत शरीरको भाग जलेका हरिकलाको भने बिहीबार उपचारका क्रममा निधन भएको छ । 

सांसद भण्डारीलाई भने ६ जना स्वास्थ्यकर्मीसहित उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको हो । उनलाई श्री एयरलाइन्सको विमानमार्फत लगिएको हो ।

३० प्रतिशत शरीरको भाग जलेको र धुवाँ स्वासनलीमा गएकाले सांसद भण्डारीको स्वास्थ्य थप जटिल बनेको हो । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope