जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ५ फागुन । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
शुक्रवार बिहान वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन । केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थीति थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस