नेपाल-स्कटल्याण्ड खेल सुरु, टस रोजेर नेपाल ब्याटिङमा
काठमाडौं, ५ फागुन । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शिर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल सुरु भएको छ ।
नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा उक्लिएको थियो । तीन खेल अगावै स्कटल्याण्ड लिग समुहवाट बिजेता भईसकेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस