बार्सिलोना र म्यानचेस्टर युनाइटेडको बराबरीमा
काठमाडाै, ५ फागुन । युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल फर्काउदै खेललाई ११ गोलको बराबरीमा ल्याउन सफल भएए।
तर, खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएर बराबर बनाए ।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस