भक्तपुर कप खुला फुटबल सुरू

भक्तपुर, ५ फागुन । भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुनेछ ।
प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच सुरु भएको छ ।
अनुशासन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस