भारतीय सेनाका पुर्व प्रमुखहरु नेपाल आउँदै
काठमाडौं, ५ फागुन । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन ।
काठमाडौं, टुडिखेलमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको उनको भनाई छ ।
नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो बर्ष शिवरात्रि फागुन ६ गते परेको छ। हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस