स्रोत नखुलेको १ लाख भारतीय रुपैयासहित एक पक्राउ


इन्दीप कोइराला

बारा, ५ फागुन । बाराको बिश्रामपुरबाट एक लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैया फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाको दुई सय एक थान भारतीय रुपैया बरामद गरेको प्रहरीको भनाई छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope