हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारको ग्यारेन्टी गरौँ : नैनसिंह महर


काठमाडौं, ५ फागुन ।  राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्। उनले मुलुकको विकासका लागि नागरिकलाई उद्यमशील बनाउनु नै राज्यको पहिलो दायित्व हुने धारणा राखे।

स्पेसिफिक विषय लिएर समाजमा विकासका मोडेलहरू स्थापित हुँदै जानेक्रम चलिरहेको बताउँदै उनले त्यसमा नेपाल पनि सफल हुनुपर्ने बताए। 'स्थानीय स्तरबाट विश्वव्यापी गर्ने, विश्वव्यापी स्तरबाट लोकलमा ल्याउने विचार प्रतिपादित छन्। र, दुवै विचार सफल प्रमाणित गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा पछाडि पारिएको वर्गलाई उद्यमशीलताको मूल प्रवाहमा ल्याउनुपर्छ,' उनले भने। उनले जनताको अधिकारको सुनिश्चितताका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्ने र त्यो उद्यमशीलताबाटमात्रै सम्भव भएको धारणा बताए।

उद्यमशीलताका लागि सरकारले कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सरकार प्रस्ट नभएको उनको गुनासो छ। उनले संसदमा पनि यो विषयले प्रवेश पाउनुपर्ने महरको ठहर छ। 'मैले त राजनीति गर्दा नि:शुल्क स्वास्थ्य र शिक्षासँगै व्यवस्थित, सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार नै भन्ने गरेको छु,' उनले भने। जनताको सरकार जनताको अधिकार भन्ने नाराका साथ नै आफू हिँडिरहेको महरले प्रस्ट पारे।

आफू नेविसंघको अध्यक्ष हुँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने प्रबन्ध गर्न गर्नुपर्छ भनेर आवाज उठाएको बताए। अहिले कार्यान्वयन नभए पनि यो माग सम्बोधनको चरणमा रहेको बताए। नीतिको अभावले पनि यो विषय प्रक्रियागत रूपमा जान नसकेको बताए।

'सामाजिक उद्यमशीलता र एनजिओ फेड्रेसनका कुरा गर्दा कहिलेकाहीँ हामी वर्गीय नाफामा कुरा गर्छौं। तर, ड्युटीका कुराबाट भाग्छौं। अधिकार सबै चाहियो भन्ने गर्छौं,' उनले भने।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope