एमाले प्रदेश कमिटीको सिफारिस, ‘दुर्गा प्रसाईलाई कारबाही गर’
झापा, ७ फागुन । नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हाे ।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। पार्टीलाई कुनै खबर नै नगरी राजाबादी तथा हिन्दु अतिबादीहरुसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुदैँ आएको थियो ।
दुर्गा प्रसाईको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस