दोस्रो भक्तपुर कप फुटबल : हेल्डी फुटसल, सूर्यविनायक नगरपालिका र केदारनाथ सुटर विजयी


न्युज कारखाना

भक्तपुर, ६ फागुन

भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिता शनिबार पनि जारी रह्यो । दोस्रो दिनको पहिलो खेल सिद्धी गणेश खेलकुद समिति र हेल्डी फुटसलबीच सम्पन्न भयो । खेलमा हेल्डी फुटसलले सिद्धी गणेश खेलकुद समितिलाई ०–२ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । उक्त खेलबाट हेल्डी फुटसलबाट प्रणय बासुकला उदयीमान खेलाडी घोषणा भए भने सोही टीमका लोक तामाङ खेलको उत्कृष्ट खेलाडी घोषणा भए ।

त्यस्तै दोस्रो खेल सूर्यविनायक नगरपालिका र सोल्टी नेपालबीच सम्पन्न भयो । खेलमा सूर्यविनायक नगरपालिकाले सोल्टी नेपाललाई १–३ ले पराजित गरी दोस्रो चरण प्रवेश गर्न सफल भएका छन् । खेलबाट सोल्टी नेपालका अनिल नगरकोटी उदयीमान खेलाडी घोषणा भएका छन् भने सूर्यविनायक नगरपालिकाका प्रज्वल कार्की उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

शनिबार नै सम्पन्न केदारनाथ सुटर्स र पीएफसी पाण्डुबजारबीचको तेस्रो खेलमा केदारनाथ सुटरले पीएफसीलाई १–३ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट केदारनाथ सुटर्सका सतिश सुवाल उत्कृष्ट खेलाडी घोषणा भएको छ भने पीएफसीका पुजन खड्का उत्कृष्ट खेलाडी घोषणा भएका छन् ।

प्रतियोगिताको तेस्रो दिन आइतबार द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी र एपीएफ बलम्बुबीच हुने छ । प्रतियोगिताको फाइनल फागुन १३ गते शनिबार हुने छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope