रचना र केदारको ‘गाजलु’मा वर्षा र रोशनको रोमान्स


काठमाडौँ, ६ फागुन ।  गायिका रचना रिमाल र गायक केदार बरुवाल क्षेत्रीको स्वर रहेको 'गाजलु' बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

 काठमाडौँ आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको 'गाजलु'मा गायक केदारकै शब्द तथा संगीत  छ । श्याम श्वेत रसाइलीको मिक्सिङ  तथा मास्टरिङ  रहेको गाजलुमा नायिका वर्षा राउत र मोडल रोशन केसीको अभिनय रहेको छ । 

भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । 

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले 'गाजलु' आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् । 

 यसअघि  गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

 निर्देशक  भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद  मर्हजनले गरेका हुन् । भिडियो केदार बरुवाल क्षेत्री अफिसियलबाट बजारमा आएको हो ।

भिडियो लिंक : https://youtu.be/qfywU7tMjRw


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope