क्याडिजलाई २–० ले पराजित गरेकाे बार्सिलोनाकाे शीर्षस्थान कायमै


काठमाडौं, ८ फागुन । बार्सिलोनाले फेरी पनि सहज जित हासिल गर्दै स्पेनिस ला लिगाको शीर्षस्थान कायमै राखेको छ। 

 

घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले शीर्षस्थान कायमै राखेको हो । 

 

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ८ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधिमाथी दाबेदारी पनि कायमै राखिरहेकाे छ । 

 

४३औं सम्म बराबरीको खेल भए पनि त्यसपछि सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । 

 

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीले सर्जी रोबर्टोको पासमा गोल गर्दै बार्सिलोनाका लागि अग्रता दोब्बर पारे । लेवान्डोस्कीकाे साेही गाेल नै जीतका लागि निर्णायक भयाे  ।

 

 

यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले २२ खेलबाट ५९ अंक हासिल गरेको छ भने पराजित क्याडिज २२ अंकसहित १७औं स्थानमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope