बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं, ८ फागुन । बिपिडब्लु लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन दिने साेमबार अन्तिम दिन रहेको छ । साेमबार कार्यालय समयसम्म मात्र यस कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको छ । 

यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आईपीओ जारी गर्दै छ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपिओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत लगानीकर्ताले सेयर भर्न सक्नेछन् ।

यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपिओमा रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope