मिथिला माध्यमिक परिक्रमा सुरु


जनकपुरधाम, ८ फागुन । विश्वको सबभन्दा लामो पदयात्राको रुपमा रहेको १५ दिने मिथिला माध्यमिक परिक्रमा सोमबारबाट विधिवत् रुपमा सुरु भएको छ । 

नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारस्परिक सदभावको यस धार्मिक परिक्रममालाखौ लाखश्रद्र्धालुभतनहरुको सहभागिता रहेको छ । 
१५ दिनसम्म चल्ने यो धार्मिक तथा ठूलो परिक्रमा सोमबार सुरु भई २३ फागुन सम्पन्न हुनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुुण्डबाट माताजानकी र कचुरी मठबाट भागवान रामको डोला लिएर यो यात्राको शुभारम्भ भएको हो । 

नेपालको ११५ किलोमिटर र भारतको २८ गरी  १४३ किलोमिटर परिक्रममा साधुसन्त तथा धर्मावलम्बीहरुको १५ वटा विश्राम स्थल राखिएको छ । 
१५ वटै विश्राम स्थलमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले ६ लाख ५० हजार खर्च प्रत्येक विश्राम स्थलमा घुम्ती शौचालय, बिजुली, खानेपानि, स्वास्थ्य शिविरलगायतका व्यवस्था गरेको अध्यक्ष शीतल साहले बताए । 

परिक्रममा पहिलो दिन जनकपुरधामको हनुमान नगरमा विश्राम गरी भोलिपल्ट भारतको विहार राज्यस्थित कल्याणेश्वर, क्रकश, गिरिजा स्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुव कुण्ड कञ्चवन, प्रर्वा धनुषाधाम, सतोषर, औहरी, करुण, बिसौल, विश्राम गरी १५औँ दिन सो परिक्रममा जनकपुर आएर समाप्त हुने गर्छन् । भोलिपल्ट अर्थात् फागुन २३ गते अन्तरगृह परिक्रममा गरी होली पर्व मनाउने चलन छ । 

मिथिलाको महाकुम्भ भनेर प्रख्यात रहेको यो धार्मिक परिक्रममा लाखौँको संख्यामा साधुसन्त, भक्तजनहरुको सहभागिता हुने गरेको छ । उनीहरुलाई स्थानीयवासीले खाने बस्ने सम्पूर्ण व्यवस्था गरेको पाइन्छ भने कतिपय धर्मावम्बीहरु आफँै घरबाट खाद्यान्न समाग्री बोकेर सहभागी हुने गर्छन् ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope