म्यानचेस्टरको लेस्टर सिटी माथी सानदार जीत
काठमाडौं, ८ फागुन । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ ।
इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेर सानदार जीत निकालेको हो ।
ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाइृ २–० को अग्रता दिलाए ।
६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।
यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस