कुमारी बैंकद्धारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा
काठमाडौं, ९ फागुन । कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री घोषणा गरेको छ ।
सो बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ ।
सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस