प्रचारप्रसारको पर्खाइमा सिद्ध बाबा मन्दिर


जनकपुरधाम, ९ फागुन । बाराको पथलैहयादेखि उत्तरतर्फ लाग्दा अमलेखगञ्ज बजार आउँछ । चारैतिर सुन्दर तथा हरियो रुखले ढाकेको पर्सा राष्ट्रिय निकुञ्ज छ । निकुञ्चकै बाटो भएर करिब एक घण्टा उक्लिएपछि रमणीय डाँडा आउँछ । जहाँ सिद्धि बाबाको मन्दिर रहेको छ । भनिन्छ– परापुर्वकालमा उक्त घना जंगलको बीचमा कुनै अलौकी बाबाले तिर्सुल गाडी पुजापाठ गर्न थाल्यो ।

बाबाको महिमा यत्रतत्र फैलिएपछि सो ठाउँमा अहिले सानो तथा सुन्दर बाबाको मन्दिर छ । मन्दिरमा भागल गरेपछि पुरा हुने विश्वास रहेकाले अहिले सो स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएर पुजापाठ गर्ने गर्छन् । जसले गर्दा आन्तरिक तथा वाहय पर्यटकमा थप टेवा पुग्न गएको जीतपुर सिमरा उपमहानगरपालिका २२ का वडाध्यक्ष शेखर रुम्बाले बताउछन् ।

उक्त मन्दिरको संरक्षण र प्रचारप्रसार, बाटोघाटो खानेपानी, बिजुलीलगायतका पूर्वाधारहरुको विकास हुन सके यस क्षेत्रको अर्थतन्त्रमा समेत विकास हुने धर्मावलम्बीहरुको विश्वास छ । स्थानीयवासी अमरबहादुर मोक्तान भन्छन्, ‘हाल उक्त मन्दिर सिद्ध बाबाको नामले प्रसिद्धि पाएको यस मन्दिरको विकासमा तीनै तहको सरकारलाई गम्भीर हुनुपर्छ ।’

साउनमा मेला भर्न यस मन्दिरमा देश विदेशबाट आउने भक्तजनहरुको ठूलै भिड हुने गरेकाले भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर सरकारले केवलकारको व्यवस्था गर्न सके यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रमा ठुलो सहयोग पुग्ने स्थानीय ठाकुर भट्टराईले बताए । 

मन्दिर परिसरमा यहि फागुन २८ गतेदेखि चैत ५ गतेसम्म आचार्यमा राघव उपाध्यायले सत्ता महायज्ञ, कथा वाचन गर्नु हुने कार्यक्रम रहेको भजन किर्तन मण्डलीका अध्यक्ष भागवती ठाकुरले जानकारी दिइन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope