बुद्ध, युनिक र इनोभेटिभलाई उपाधि


काठमाडौं, ९ फागुन । बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २०औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।

सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित गर्‍याे । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे ।

जुनियर ब्वाइज फाइनलमा सजित रिमालको १६ अंक सहयोगमा युनिकले ग्रिनफिल्डलाई २७–१९ ले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले ज्ञान निकेतनलाई २३–२२ ले पाखा लगायो । इनोभेटिभकी पूजा थापाले १७ स्कोर गरिन् । नरेन, सजित र पूजा ‘मोस्ट भेलुएबल प्लेयर’ बने ।

विजेतालाई ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका स्कुल संयोजक सञ्जयजित कुँवर, आर्थिक निर्देशक मिरा थापा र एकेडेमीक इन्चार्ज दिपेन्द्र गड्तौलाले एक कार्यक्रमबीच पुरस्कृत   गरे ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope