शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ


काठमाडौं, ९ फागुन । शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ  ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

 
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् । 

 

ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मानाइने गरिन्छ ।  पहिलो दिन गुरुको हातबाट आशिष लिने गरीन्छ भने दोस्रो दिन अग्रजको हातबाट आशिष लिने प्रचलन रहेको छ र तेस्रो दिन प्रकृति पुजा गरेर यो पर्व मनाइने गरीन्छ ।

 
पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गर्दछन ।  शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।

मैदाको पिठोबाट बनेको खाप्से लोपूल जस्ता परिकार खाने गरीन्छ । यसैगरी घरको छत, आगन, गुम्बा अनि चैत्यहरु पुराना ध्वजाहरु फेरिने गरीन्छ भने पारिवारीक भेटघाटको रुपमा पनि लिने गरिन्छ । ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope