किसान लघुवित्तको बोनस सेयर घोषणा


काठमाडौं, १० फागुन  । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको  बोनस शेयर तथा ०.३६८४ प्रतिशतले हुने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope