झापामा तास खेलेकाे आराेपमा १५ जना पक्राउ
झापा, १० फागुन । दमक नगरपालिका-५ गुम्बा चोकस्थित सोही नगरपालिका-२ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ स्थित सुदेश बस्नेतको चिया पसलमा तास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस