नवयुवा कपकाे उपाधि नवलपरासीको फाेर ब्रदर्श एफसीलाई


भैरहवा, १० फागुन । १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेकाे हाे ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको अन्तिम खेलमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसबापत उनले एक थान स्मार्ट वाच हात पारे ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख पुरस्कार पाएकाे छ भने उपविजेतामा सीमित बनेकाे फर्साटिकरले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङ भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८–८ हजार सहित ट्रफी हात पारे ।

 गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope