राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक   


काठमाडौं, १० फागुन । राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको  छ । 

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो । 

सार्वजनिक मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार  बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । 

उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope