लिभरपुल माथी रियल म्याडिड्रको ५–२ को जीत


काठमाडाैं, १० फागुन । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलमाथि सानदार  ५–२ को जित दर्ता गरेको छ ।

रियलले घरेलु टोली इंग्लिस क्लब लिभरपुल माथि ५–२ को सानदार जित दर्ता गरेको हो ।

 

एनफिल्डमा मंगलबार राति साविकको विजेता रियल र उपविजेता लिभरपुलबीचको खेलमा लिभरपुलले १४ मिनेटभित्रै २–० को अग्रता बनाएको थियो । तर, त्यो अग्रतालाई लिभरपुलले जोगाउन सकेन ।

 

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा डार्विन नुनेजको गोलबाट लिभरपुलले घरेलु मैदानमा १–० को अग्रता लिन सफल भएको थियो । १४औं मिनेटमा फेरी मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर पारे । 

 

तर, कप्तान करिम बेन्जेमाको पासमा गोल २१औं मिनेटमा भिनिसियसले गोल गरे भने पहिलो हाफको ३६औं मिनेटमा रियलका भिनिसियसले  २–२ गोलको बराबरीमा ल्याए । 

 

४७औं मिनेटमा  मिडफिल्डर लुका मोड्रिचको फ्रिकिकलाई एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ ले अघि बढाए । ५५औं मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४–२ ले अघि बढाए । ६७औं मिनेटमा कप्तान बेन्जेमाले पाँचौं गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाए । 

यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope