आज भक्तपुर कप फुटबलको सेमिफाइनलका खेलहरू


भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप फुटबल–२०७९ को दुवै सेमिफाइनलका खेलहरू बिहीबार  हुँदै छ ।  पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सका विरूद्ध गोदावरी युनाइटेडबीच हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले दिए ।

क्वाटर फाइनल खेलअन्तर्गत बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३–० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हाे ।  खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।

त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३–१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरूण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope