क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर
मुम्बई, ११ फागुन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ । फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन् । सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन् । चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै छ ।
फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन् । फिल्ममा अर्का पूर्व कप्तान एमएस धोनीको भूमिका पनि अन्य कलाकारमार्फत् देखाइनेछ ।
हाल रणवीर फिल्म ‘तू झूठी मे मेक्कार’को प्रमोसनमा व्यस्त छन् । प्रमोसनबाट स्वतन्त्र भएपछि उनी गांगुलीको बायोपिकमा लाग्नेछन् । सौरभको बायोपिक नेट वेस्ट सिरिजमा गांगुलीको प्रस्तुती र पत्नी डोनासँगको सम्बन्धमा लक्षित हुनेछ ।
सन् १९८३ पछि गांगुलीले २००३ मा भारतीय क्रिकेट टिमलाई आइसीसी वनडे वल्र्ड क्रिकेटको फाइनलमा लगेका थिए । यो काम गर्ने उनी पहिलो कप्तान हुन् । भलै त्यो समयमा भारतीय टिम अष्ट्रेलियासँग पराजित भएको थियो ।
गांगुलीले भारतीय क्रिकेट टिमलाई वीरेन्द्र सहवाग, मोहम्मद कैफ, युवराज सिंह, हरभजन सिंह र इरफान पठान जस्ता खेलाडी दिएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस