नेविसंघ महोत्तरीको विवाद चुलिँदै


विशाल बस्नेत
महोत्तरी, ११ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो । 

केन्द्रबाट  जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो । 
यस विषयमा बुधबार नै २३ जना विद्यार्थी नेताले सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन् । नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमा नै चोट पुगेको उनीहरुको भनाइ छ । 

नेविसंघका केन्द्रीय सदस्य विजय रायसहितले निकालेको विज्ञप्तिमा आफुखुसी मनोमानी वा केही सीमित व्यक्ति र स्वार्थको समूहको प्रभावमा परेर सुमनको मात्र एकल नाम पठाउने निर्णय तत्काल सच्याउन माग गरिएको छ । साथै उनीहरुले विद्यार्थीहरुको भेला बोलाउन पनि माग गरेका छन् । 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुईवटा क्याम्पसमा हुने आसन्न  निर्वाचनलाई समेत असर पर्ने देखिएको छ ।
केन्द्रले तोकेको अध्यक्ष सुमनलाई विद्यार्थी नेताहरुले स्वीकार गर्न नसक्दा क्याम्पसका एकाइ कमिटी समेत प्रभावित हुने अवस्था सिर्जना भएको हो  । क्याम्पसका एकाइ सभापतिहरुले समेत सुमनको संयोजकत्वको सम्बन्धमा आपत्ती जनाएका छन् ।

विद्यार्थीको असन्तुष्टिलाई माउ पार्टी कांग्रेससका  केही नेताहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस महोत्तरीका पूर्वसचिव बजरंग नेपालीले विद्यार्थी नेताहरुको असन्तुष्टि जायज रहेको वताए । 

तर, केन्द्रमा नाम पठाउने जिम्मेवारी पाएका जिल्ला सभापति नागेश्वर यादवले भने सुनिल सुमनको नाम विधिवत् रुपमा पठाएको दाबी गरे । ‘हामीले छलफल गरेर नै सुमनको नाम पठाएका हाँै । अब उहाँहरुले किन असन्तुष्टि जनाउनु भयो, मलाई थाहा छैन,’ उनले भने । 
 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope