प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता

बिशाल बस्नेत
महोत्तरी, ११ फागुन
कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेका उनै कोइरीको नाम भने राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छ ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ । मतदाता नं. १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ ।
क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।
जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस