बराबरीमा रोकियो म्यानचेस्टर सिटी


काठमाडौं, ११ फागुन । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो ।

 

सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।

 

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

 

यद्धपी, बराबरी भए पनि दुवै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope